राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए

राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए

xi_jinping_BRb5jlNXLP-750×375

काठमाण्डौ। नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्कने क्रममा सीलाई आफ्ना समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेकी थिइन् । राष्ट्रपति सीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रप्लगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।

स्वागतको बेलामा जस्तै विदाइको बेलामा पनि कलाकारहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरे भने नेपाली सेनाको टोलीले सलामी अर्पण गर्‍यो । विमानस्थल परिसरमा नेपाली विद्यार्थी तथा कलाकारहरुले नेपाल र चीनको झण्डा फहराउँदै सीसहितको चिनियाँ टोलीलाई विदाई गरेका थिए ।

नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग वान अन वान वार्ता समेत गरे । यस्तै सिको भ्रमणका क्रममा नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds