तनहुँ । तनहुँको गुणादीमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा बस र बलेरो एकआपसमा ठोक्किदा बलेरो चालक गम्भीर घाइते भएक थिए ।
गम्भीर घाइते चालकको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
बलेरो चालक नवलपरासी सरावल गाउँपालिका-१ बस्ने वर्ष २२ का रमेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासीबाट पोखरा तर्फ जादै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको बलेरो र विपरीत दिशाबाट आउदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
सानो घुम्तीमा तिव्र गतिमा आएको दुईवटै सवारी ठोक्किदा उक्त दुर्घटना भएको डिएसपी लामिछाने बताउछ्न ।
उक्त दुर्घटनामा बलेरो जिपको अगाडिको भागमा पुर्ण क्षती पुगेको छ ।
बस चालक र बस प्रहरी नियन्त्रण रहेको छ । अहिले राजमार्ग पुर्ण रुपमा सुचारु भईसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते