पोखरा । अमेरिकी विमान कम्पनी बोइङले जर्मन गाडी निर्माता भोक्सवागनको स्पोर्ट्सकार ब्रान्ड पोर्ससँग विद्युतीय उड्ने कार बनाउन सहकार्य गर्ने भएको छ । वर्षको सुरुआतमै बोइङले २ देखि ४ यात्रु बोकेर ८० किलोमिटरसम्म उड्न सक्ने विद्युतीय उड्ने कारको प्रोटोटाइपको परीक्षण गरिसकेको छ ।
पोर्सले पनि निकट भविष्यमा ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने यस्तै कार निर्माणको लक्ष्य राखेको छ । यसअघि बोइङको प्रतिस्पर्धी एअरबसले भोक्सवागनको प्रिमियर कार ब्रान्ड औडीसँग उड्ने कार बनाउन सम्झौता गरिसकेको छ । भोल्क्सवागन र बोइङ दुवै पछिल्लो समयमा समस्याग्रस्त भएका छन् । बोइङको ७३७ म्याक्स मोडलको दुई जहाज दुर्घटनाग्रस्त भएपछि उक्त मोडेल हाल विश्व आकाशमा प्रतिबन्धित जस्तै छ भने भोल्क्सवागन पनि डिजेल उत्सर्जन काण्डले प्रभावित बनेको छ ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते