पोखरा – सोमबार बिहानै साँढे ५ बजे पोखरा महानगरपालिका ४ को वडा कार्यालय अगाडीको विद्युतको पोलमा आगलागी भएको हो । आगोलागी भएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी गराए ।
कम्पनीका इन्टरनेट, केबलका तारहरु सर्ट भई आगोलागी भएको उनले बताए । ‘भद्रगोल अवस्थामा रहेको तारहरुको लाइन सर्ट भइ आगलागी भयो’, उनले भने, ‘समयमै दमकल बोलाएर आगो निभाइएकाले ठुलो क्षति हुनबाट जोगियो ।’ महानगरले पोलमा गुजुल्टीएका तारहरु हटाउन अभियान सुरु गरे पनि विद्युत प्राधिकरण संग कुरा नमिल्दा काम अगाडी बढ्न सकिरहेको छैन ।
बेलैमा थप आवश्यक प्रक्रिया महानगरले नचलाउने हो भने क्षति हुने सम्भावना छ । समयसमयमा यस्तो समस्या देखिरहँदा बेलैमा सचेत हुनुपर्ने आवश्यकता देखिन्छ ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम