कृष्णबहादुर महराले फिर्ता गरे सरकारी सुविधा

कृष्णबहादुर महराले फिर्ता गरे सरकारी सुविधा

Krishna_Mahara_new

काठमाडौं- यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका निवर्तमान सभाुमख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।

महराका प्रेस संयोजक डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो । महराले आफूले प्रयोग गर्दै आएको बा२झ १२६८ नम्बरको गाडी संसद सचिवालयको सवारी शाखालाई बुझाएका छन् । संसद सचिवालयमै कार्यरत एक महिलालाई दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।

पहिलो दिन महराले आफूलाई यौन दुर्व्यवहार गरेकाे भन्दै ती महिलाको भिडियो सार्वजनिक भएको थियो भने २४ घण्टा नबित्दै उनले बोली फेर्दै महरा आफ्नो बाबु समान भएको बताउँदै मिडियामा आएकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds