महरा आइतबार राति रोशनीको कोठामा गएको पुष्टि

महरा आइतबार राति रोशनीको कोठामा गएको पुष्टि

mahara nepal saba mukh

काठमाडौं ।बलात्कारको अरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महरा आइतबार राति रोशनी शाहीको कोठमा गएको पुष्टि भएको छ ।उनी आइबार बेलुका १ घण्टा १९ मिनेट शाहीको कोठामा बसेर फर्किएको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो ।प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी बलात्कारको आरोप लगाउने महिला शाहीको काेठामा पुगेको जानकारी प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गराइसकेको छ ।

सीसीटीभी फुटेजमा देखिएअनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेटपछि अर्थात ८ः२५ मा उनी त्यहाँबाट फर्किएको देखिएको छ ।सीसीटिभीमा देखिएअनुसार महरा त्यहाँबाट सोझै सभामुख निवास बालुवाटार पुगेका थिए । उनी बालुवाटार निवासमा ८ बजेर ५३ मिनेटमा प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

प्रहरीले महरा शाहीको कोठमा गएको पुष्टी गरेपनि शाहीले भने एकाएक बयान बदलेर महरा आइतबार आफ्नो केठामै नआएको बताएकी छिन् । तर, उनले यस्तो बताउँदै गर्दा उनको अनुहारमा निल डाम प्रष्ट देख्न सकिन्छ ।प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो । त्यतिबेला पनि शाहीले आपसमा बाझिने गरी घटनाबारे बताएकी थिइन् ।

प्रहरीले लिखित जाहेरी दिन आग्रह गर्दा उनले श्रीमान् आएपछि मात्रै आफूले निर्णय लिने बताएकी थिइन् । अघिल्लो दिनसम्म आफूमाथि यौनहिंसा भएको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनाएकी उनी ४८ घण्टाभित्रै ‘युटर्न’ भइन् ।उनले हाम्रा कुरा अनलाइनलाई सोमबार दिएको पहिलो अन्तरवार्तामा महराले निर्घात कुटपीट गरि बलात्कार गरेको आरोप लगाएकी थिएन भने नागरिक खबरलाई दिएको दोस्रो अन्तरवार्तामा शाहीले महरा आइतबार आफ्नो कोठामै नआएको दाबी गरेकी हुन् । उनले महरा आफ्नो बाबुसमान भएको पनि बताउन भ्याएकी छिन् ।उनको पटक पटक फेरिएको बयान र प्रहरीमा उजुरी नपरेकाले अनुसन्धान सहज बन्न नसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds