लालबाबुको घरदैलो अभियानमा बधाई दिनेको ओहिरो, हेर्नुहोस् थामिनसक्नुको भिड

लालबाबुको घरदैलो अभियानमा बधाई दिनेको ओहिरो, हेर्नुहोस् थामिनसक्नुको भिड

Bijayi (1)

बिराटनगर, २९ मंसिर / चुनाव जितेपछि नेता फर्केर नि आउादैनन् भनिन्छ । तर कतिपय नेताहरु प्रतिबद्धता दोहोर्याउँदै धन्यवाद व्यक्त गर्न दौडधुपमा छन् । यसमध्येममा पर्छन् मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका वाम गठबन्धन उम्मेदवार एवं एमाले नेता पूर्व मन्त्री लालबाबु पण्डित ।

  

विजयी भएको पर्सिपल्टै बिराटनगरमा संयुक्त विजयीसभापछि आफ्ना क्षेत्रमा लालबाबु पुगिरहेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा विजयीहरु आफ्ना प्रतिवद्धता पूरा गर्ने बाचासहित निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा उनी व्यस्त छन् ।

उनी यतिबेला घरघरमा पुगेर कार्यकर्ता एवं शुभचिन्तक र मतदातालाई धन्यवाद पनि दिइरहेका छन् । विराटनगरमा घरदैलो, मतदाता र शुभचिन्तक भेटघाट गरेपछि मंगलबार सुन्दरहरैंचामा आयोजित विजय ¥याली र सभामा सहभागी भए । गछिया बलियामा उस्तै भिड रह्यो । शुक्रबार बुढीगंगा गाउँपालिकामा धन्यवाद व्यक्त गर्न उनी पुगे ।

आफ्ना चुनावी एजेन्डालाई अनुमोदन गरिएको भन्दै सबै मतदातालाई धन्यवाद दिएर एजेन्डा स्थापित गराएरै छाड्ने प्रतिवद्धता दोहो¥याए ।  उनले निर्वाचनका बेला आफूले मतदातासंँग गरेका सबै प्रतिवद्धता पूरा गरेरै छाड्ने बताए । मेरो पहिलो प्राथमिकता जुनसुकै मूल्य चुकाएर भए पनि विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउने नै हो, उनले भने ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा वाम गठबन्धन र एउटामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । १२ वटामा प्रदेशसभा मध्ये सातवटामा वाम गठबन्धन, चारवटामा कांग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ