संसदमा टाँसियो सभामुखको राजीनामाको सूचना

संसदमा टाँसियो सभामुखको राजीनामाको सूचना

mahara

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् ।

महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन । यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ । जबकी महराको निजी सचिवालयले छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुनः जिम्मेवारीमा र्फकने दाबी गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds