पोखरा । संयुक्त अरब इमिरेट्सको दुबईमा माइक्रोबस सडकमा रोकिराखेको लरीमा ठोक्किँदा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । १४ यात्रु बोकेर शारजाँह तर्फ जाँदै गरेको माइक्रोबस सेख मोहम्मद विन जाएद सडक ई ३११ अन्तर्गतको मिर्डिफ सिटी सेन्टर अगाडि दुर्घटनाग्रस्त भएको थियो । सोमबार बिहान ४:५४ बजे भएको घटनामा ६ नेपालीसहित एक भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
त्यस्तै घाइते हुनेमा पाँच भारतीय र एक बङ्गलादेशी रहेको पनि जनाइएको छ । गम्भीर घाइते ४ र सामान्य घाइते भएका २ जनाको राशिद अस्पतालमा उपचार भइरहेको दुबई ट्राफिक प्रहरीका निर्देशक ब्रिगेडियर सेफ मुहर अल माज्रोईले जानकारी दिएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि दुबई प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते