टिका र माला लगाई तनहुँ प्रहरीद्वारा सवारी चालकलाई सम्मान

टिका र माला लगाई तनहुँ प्रहरीद्वारा सवारी चालकलाई सम्मान

FB_IMG_1569756301196

तनहुँ । टिका र माला लगाई जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी चालकलाई सम्मान गरेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार आइतबार ७७ वटै जिल्लामा चालकलाई सुरक्षित यात्रा गराउन प्रहरीले चालकलाई सम्मान गरेको हो ।

चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन आह्वान गर्दै जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयले चालकहरु लाई टिका र माला लगाई सम्मान गरेको हो ।

तनहुँ जिल्लामा समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आइतवार सवारी दुर्घटना न्यूनीकरण गर्ने सघाउनुपर्ने भन्दै चालक र सहचालकलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधकारी रूद्रप्रसाद पण्डित, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवाल, डिएसपि लिलाराज लामिछाने, ट्राफिक प्रमुख पुर्णबहादुर अधिकारीले चालकहरुलाई माला लगाइ सुरक्षित यात्राको शुभकामना पनि दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds