आज देशका अधिकांश भागमा पानी परिरहेने, दशैंसम्म नै सक्रिय हुने संकेत

आज देशका अधिकांश भागमा पानी परिरहेने, दशैंसम्म नै सक्रिय हुने संकेत

Rain-in-Northeast3.2e16d0ba.fill-650×500

काठमाडौं-  देशभर आज (शुक्रबार) बिहानैदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ । देशका अधिकांश भागमा सीमसीम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक वातावरण नदेखिएको मौसमविद समीर श्रेष्ठले बताए । ‘केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलबाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो,’ उनले भने । पश्चिमी वायु सक्रीय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्थ्यो तर यसवर्ष १० दिन ढिलो गरी ९ जुन आसर ५ मा मनसुन भित्रिएको थियो । गतवर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । सो अनुसार दशैँको शुरुवाती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ । nहाल देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds