चितवनबाट पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना, २४ घाईते, पोखराका गम्भिर घाईतेको नामावली

चितवनबाट पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना, २४ घाईते, पोखराका गम्भिर घाईतेको नामावली

accident-rutier

तनहुँ, २६ मंसिर । तनहुँको वन्दीपुरस्थित बेलभञ्ज्याङमा यात्रु वस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् ।

चितवनको नारायणगढबाट पोखरा आउँदै गरेको ना ५ ख ९८४६ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत पर्ने तनहुँको बेलभञ्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना सामान्य घाइते भएका छन् भने, ६ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइतेहरुल्ााई उपचारका लागि पोखरा र काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।

बसको यान्त्रिक खरावीका कारणले बस दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसमेत घाइते भएको तनहुँका एसपी उमेशराज जोशीले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा पोखरा-८ कि ६३ वर्षीया डम्बरकुमारी गुरूङ, पोखरा-११ की ६० वर्षीया मनकुमारी गुरूङ, पोखरा-१२ कि ३१ वर्षीया कामना गुरूङ, पोखरा रामबजार की ४२ वर्षीया चीजा नेपाली, म्याग्दीका २० वर्षीय सूर्य थापामगर र व्यास नगरपालिका वडा नम्बर ९ की ४३ वर्षीया विष्णुमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ