काठमाडौँ । प्रदेश र प्रतिनिधि सभाको चुनावको अन्तिम मतपरिणाम आउन थालेको छ । योसँगै भावी प्रधानमन्त्री को होला ? चर्चामा रहेको छ । यसबाहेक भावी राष्ट्रपति, उपराष्ट्रपति र सभामुख को बन्लान् ? यो प्रश्नमाथि पनि राजनीतिक वृतमा र आमजनमानसमा बहस शुरु भएको छ ।
एमाले र माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरुले भावी प्रधानमन्त्रीका रुपमा औपचारिक रुपमा कसैलाई अगाडि सारेका छैनन् । तर, एमाले अध्यक्ष केपी ओली यसका लागि प्रमुख दावेदार मानिएका छन् ।
राष्ट्रपतिमा को आउला ? विभिन्न अड्कलवाजी शुरु भएका छन् । एमाले र माओवादीले शक्ति बाँडफाँड गर्दा यो पद कसको पोल्टामा जाने हो, त्यो पनि यकीन छैन । तर पनि भावी राष्ट्रपतिका लागि सम्भावित नाम यस्ता छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव यसपाली निर्वाचन आयोगले गराउनेछ, जहाँ संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यको मतभार भने फरक–फरक हुनेछ । राष्ट्रपतिमा निर्वाचनका लागि ५० प्रतिशतभन्दा बढी मत चाहिनेछ । राष्ट्रिय सभा गठनपछि मात्र राष्ट्रपति र उपराष्ट्रपति चयनको प्रक्रिया अगाडि बढ्नेछ ।
संविधानले राष्ट्रपतिको योग्यताका रुपमा संघीय संसदको सदस्य हुन योग्य भएको, कम्तीमा ४५ बर्ष उमेर पुरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्दछ । दुई पटक राष्ट्रपति भएको व्यक्ति पनि तेस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन ।
माधवकुमार नेपाल –एमाले बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भावी राष्ट्रपतिका लागि चर्चामा रहेको नाम हो । तर, उनी सक्रिय राजनीतिमा छन् । यदि पार्टीले निर्णय गर्यो भने उनी जान्छन वा जाँदैनन् ? अहिले नै भन्न सकिन्न । नेपालले काठमाडौं २ बाट चुनाव जितेका छन् ।
झलनाथ खनाल– एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम पनि भावी राष्ट्रपतिका लागि चर्चामा छ । उनले अहिले इलाम–१ बाट प्रतिनीधिसभाका लागि चुनाव जितेका छन् । यदि पार्टीले निर्णय गर्यो भने उनी जान सक्ने सम्भावना रहेको एमाले निकट स्रोतहरु बताउँछन् ।
बामदेव गौतम– एमाले उपाध्यक्ष बामदेव गौतमलाई एमालेभित्र भावी प्रधानमन्त्रीका एक दावेदारका रुपमा पनि हेरिएको थियो । तर, प्रतिनीधिसभामा उनले बर्दिया–१ बाट चुनाव हारेका छन् । संविधान अनुसार राष्ट्रपति बन्नका लागि संसद हुनुपर्देन । एमालेको विधान अनुसार उनले पार्टी संगठनमा अब उनले कार्यकारी पद लिन सक्दैनन् । यस्तो अबस्थामा उनी राष्ट्रपतिका लागि उनी दावेदार हुन सक्छन् । गौतमप्रति माओवादी केन्द्रका अध्यक्ष पनि उदार छन् ।
अमिक शेरचन– माओवादी केन्द्रका नेता अमिक शेरचनको पनि नाम राष्ट्रपतिका लागि चर्चामा छ । उनी अहिलेको चुनावमा प्रत्यक्षतर्फ लडेनन् । पुराना कम्युनिष्ट नेता शेरचनलाई माओवादीभित्र भावी राष्ट्रपतिका लागि एक दावेदार मानिएको छ ।
रामबहादुर थापा– माओवादी केन्द्रका अर्का नेता रामबहादुर थापा बादल पनि राष्ट्रपतिका लागि चर्चामा आएको नाम हो । उनी अन्तिम समयमा आएर प्रत्यक्षतर्फ चुनाव लडेनन् । उनको नाम माओवादीले समानुपातिकतर्फ राखेको छ । उनी पहिलो संविधानसभामा चितवनबाट विजयी भएका थिए । दोस्रो संविधानसभामा उनी वैद्य माओवादीका नेता थिए, जो पार्टीले चुनाव बहिस्कार गरेको थियो । पछि उनले माओवादीसँग एकता गरे ।
र, अर्को विकल्प
अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिने विकल्प पनि कायमै छ ।
तर,
दलहरुले भावबन्डा गर्दा नयाँ अनुहार पनि राष्ट्रपतिका लागि अगाडि ल्याउन सक्छन् ।
सम्बन्धित खबर
प्रहरी ब्यारेकमै महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला
दुई भारतीय लागुऔषध कारोबारीमाथि गोली प्रहार, एक घाइते
बदली, वर्षा र हिमपातको सम्भावना
बदली र हिमपातको सम्भावना
अस्पताल पिच्छे बिरामीले रिपोर्ट बोक्न नपर्ने निर्देशिका पारित
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा