मुस्ताङबाट पोखरा उडेको हेलिकप्टर म्याग्दीको धानखेतमा आकस्मिक अवतरण [तस्विरहरु]

मुस्ताङबाट पोखरा उडेको हेलिकप्टर म्याग्दीको धानखेतमा आकस्मिक अवतरण [तस्विरहरु]

pailot2

काठमाडौँ – मुस्ताङबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराब भएपछि म्याग्दीको रघुगंगामा आकश्मिक अवतरण गरेको छ ।

मौसम खराब भएका कारण तीर्थयात्री बोकेको डाइनेस्टिक एयर हेलिकोप्टर रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकश्मिक अवतरण गरिएको हो । हेलिकप्टरमा पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक सवार थिए। उनीहरु सबै सकुशल छन् ।

यसअघि, हिजो लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरुको आकस्मिक अवतरण गरिएको थियो । मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds