पोखरा – पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार ड्यमसाइड क्षेत्रमा बुधबार दिउँसो पुरुष मृत भेटिएका हुन् । अन्दाजी ४५ वर्षका उनको हालसम्म पहिचान खुल्न नसकेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।
तालमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी र गोताखोरको टोलीले उनको शव तालबाट निकालेको थियो । ‘उनी बिहानैबाट माछा मारिरहेका रहेछन्,’ स्थानीयको भनाई उदृत गर्दै डिएसपी शाहले भने, ‘माछा मार्ने क्रममा एक्कासी हाम फालेको भन्ने कुरा छ ।’
उनको शव अहिले पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घट्ना बारे थप अनुसन्धान गरिरहेको डिएसपी शाहले बताए ।
BigKhabar.com
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ