प्रचण्डलाई बधाई दिन पोखराबाट चितवन पुगिन् सिर्जना (फोटोफिचर)

प्रचण्डलाई बधाई दिन पोखराबाट चितवन पुगिन् सिर्जना (फोटोफिचर)

Prachanda Srijana (2)

काठमाण्डौँ । चुनावी अभियानमा कास्कीमा खटिएकी दिवंगत प्रकाश दाहालकी पत्नी सिर्जना त्रिपाठी दाहालले प्रतिनिधी सभा सदस्यमा निर्वाचित प्रचण्डलाई चितवन पुगेरै बधाई दिएकी छिन् ।

प्रकाश-सिर्जना पुत्र ‘प्रसिद्ध’ भने पुत्र वियोगमा परेका प्रचण्डको मन भुलाउनका लागि बाबुको स्थानमा रहेर चितवनमै हजुरबुबासँग थिए । प्रकाशको निधनपछि छोरा प्रसिद्धलाई हजुरबुवासँग छाडेर कास्कीमा चुनावी अभियानमा होमिएकी सिर्जना आज चितवन पुगेर बधाई दिएकी हुन् । सिर्जना नेकपा माओवादी कास्कीकी नेतृ हुन् ।

तस्वीर:राधिका कंडेल

चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पुत्र वियोगका दुःखका बीच पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुसी मिलेको छ । उनको जीतले प्रचण्डको परिवारलाई पुनः एक ठाउँमा ल्याएको छ ।

सोमबार दिउँसो छोरी रेणु दाहालले पूरा परिवारले प्रचण्डलाई बधाई दिएको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

प्रचण्डले जिते, ९ हजारभन्दा बढी मतान्तर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन– ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्ष प्रचण्डले ४८ हजार २ सय ७६ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९ सय ३२ मत पाएका छन् ।

अध्यक्ष प्रचण्डले पहिलो पटक आफ्नै गृहजिल्लामा प्रतिस्पर्धा गरेका हुन् । यसअघि उनी पहिलो संविधानसभामा रोल्पा तथा काठमाडौंबाट र दोस्रो संविधानसभामा सिरहाबाट विजयी भएका थिए ।

गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएका प्रचण्ड नयाँ संविधानको कार्यान्वयन र स्थानीय चुनावताका फेरि प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds