धनगढी– कैलालीमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताको गाडीमा आगजनी भएको छ । नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरस्थित घरमा राखिएको बा ९ च ६५१७ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको हो ।
इलाका प्रहरी कार्यालय सुखडले सोमबार राति जोशीको गाडीमा आगजनी भएको जनाएको छ । प्रहरीका अनुसार गाडीमा आगो लगाउने व्यक्तिको भने पहिचान खुल्न सकेको छैन । छिमेकीहरुले गाडीमा आगो लागेको देखेपछि घरका व्यक्तिलाई खबर गरेका थिए । छिमेकीसहित घरका व्यक्ति मिलेर राति नै गाडीमा लागेको आगो नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।
नेता जोशी तत्कालीन नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य (केन्द्रीय सदस्य) थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण पछि गठन भएको नेकपामा भने उनी जिम्मेवारीविहनी जस्तै रहेका नेकपाको कैलाली जिल्ला कमिटीका एक सदस्यले जानकारी दिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम