नेकपा धादिङ, त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा रामहरि अधिकारी (जिल्लाभर को के भए ?)

नेकपा धादिङ, त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा रामहरि अधिकारी (जिल्लाभर को के भए ?)

Ramhari Adhikari

धादिङ । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी एकीकरणको लामो समयसम्म एकीकृत पार्टीको नेतृत्व चयन हुन नसकिरहेका बेला धादिङमा सबै स्थानीय तहमा पूर्णता पाएको छ । अध्यक्ष र सचिवको चयनसंगै पालिकास्तरिय कमिटी गठनका लागि बाटो खुलेको छ । धादिङका २ नगरपालिका र ११ गाउँपालिका कमिटीको अध्यक्ष र सचिव चयन गरेको छ । साविकको एमालेले १ नगरपालिका सहित ८ र माओवादी केन्द्रले १ नगरपालिका सहित ५ स्थानीय तहमा पार्टीको नेतृत्व सम्हालने मौका पाएका छन् । अध्यक्ष र सचिव साविकको फरक फरक पार्टीबाट राखिएका छन् ।

दुई कम्युनिष्ट पार्टी एकता पछि बनेको पहिलो पालिका कमिटीमा धुनिवेसी नगरपालिकाका साथै त्रिपुरासुन्दरी,  थाँक्रे,गल्छी, सिद्धलेक, ज्वालामुखी, गंगा जमुना र खनियाँबास गाउँपालिका रहेको छ । माओवादी केन्द्रले नीलकण्ठ नगरपालिकासँगै रुवीभ्याली, नेत्रावती, गजुरी, बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष पाएका छन् ।

नीलकण्ठ नपामा अध्यक्ष दिपक बिक,सचिब हरीकुमार श्रेष्ठ, धुनिबेशी नपामा अध्यक्ष रामराजा पान्डे, सचिब राज कुमार पाठक रहेका छन । रूबिभ्यालीमा अध्यक्ष रामसिह तामाङ, सचिब पुरन तामाङ, त्रिपुरासुन्दरी अध्यक्ष रामहरी अधिकारी,सचिब सुवास अधिकारी, खनियाबासमा अध्यक्ष फुरबहादुर तामाङ सचिब लाल बहादुर तामाङ, नेत्रावती डबजोङ अध्यक्ष प्रेम तामाङ, सचिब सुबर्ण रिमाल, गंगा जमुना अध्यक्ष बिष्णु सिम्खडा, सचिब रामेश्वर सिम्खडा, ज्वालामुखी अध्यक्षमा धर्मबहादुर अर्याल र सचिब कृष्णमान श्रेष्ठ चयन भएका छन् । त्यसै गरी सिद्घलेक अध्यक्ष खुनराज थापा,सचिब पुष्प थपलिया,बेनिघाट रोराङ अध्यक्ष कृष्ण थपलिया (बिबेक) सचिब रमेशकुमार भट्टराई,गजुरी अध्यक्ष सूर्य बहादुर दोङ तामाङ,सचिब माधब भण्डारी र गल्छी अध्यक्षमा केदारनाथ खतिवडा र सचिबमा रामशरण सेञ्चुरी,थाक्रे अध्यक्ष कृष्ण पन्त र सचिब यन्त्र बहादुर थापा (जिन्दगी) रहेका छन ।

जिल्लाको नेतृत्व भने कार्यवाहक

धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको दोस्रो पूर्ण बैठकमा पार्टी अध्यक्ष त्रिपाठीले राखेको विशेष प्रस्ताव बैठकले सर्वसम्मतीबाट पारित गर्दै अध्यक्षको जिम्मेवारी नेत्रराज पौडेललाई र कार्यवाहक सचिव विजय बुर्लाकोटीलाई प्रदान गरिएको छ ।

पार्टी एकताका क्रममा तत्कालिन कार्यदलले पौडेललाई अध्यक्ष र बुर्लाकोटीलाई सचिवमा सिफारिस गरेको भएपनि जिल्लाका केही नेताहरुले विधि विधान मिचिएको भन्दै प्रदेश कमिटि देखि केन्द्रिय कार्यालय सम्म यजुरी गर्दै विरोध जनाएपछि पार्टी केन्द्रले पुरानै नेतालाई जिम्मेवारी दिनेगरी जिल्ला नेतृत्वको टुंगो लगाएको थियो । केन्द्रको निर्णयबाट तत्कालिन एमालेका अध्यक्ष त्रिपाठीलाई अध्यक्ष र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेललाई सचिवको जिम्मेवारी दिएर जिल्लामा पठाएको थियो । सचिव बनाईनु भएका जमकट्टेललाई पछि पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि सचिव पदमा वुर्लाकोटीलाई मनोनयन गरिएको हो । प्रदेश ३ सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका पार्टी केन्द्रीय सदस्य जमकट्टेलले बुर्लाकोटीलाई कार्यवाहक दिन प्रस्ताव गरेका थिए । एउटैै कमिटीमा गरिएको सिफरिसको कार्यान्वयन एकै प्रकृयाबाट गर्ने भन्दै प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलको उपस्थितिमा माथिल्लो कार्यकारी जिम्मेवारीमा नरहे पनि अध्यक्ष त्रिपाठीले पौडेललाई कार्यवाहक अध्यक्ष दिएकोमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताले खुसी व्यक्त गरेका छन् ।

त्रिपाठी संघीय निर्वाचन क्षेत्र नंम्बर १ धादिङबाट प्रतिनिधिसभा सदस्य र नेकपाको प्रदेश कमिटी सदस्य हुन् । कार्यवाहक जिम्मेवारी पाएका पौडेल र बुर्लाकोटी दुवै जना प्रदेश कमिटीका सदस्य हुन् । प्रस्तावित अध्यक्ष र सचिवलाई आगामी प्रदेश कमिटीको बैठकले अनुमोदन गरेपछि पूर्ण जिम्मेवारी प्राप्त हुने बताइएको छ ।

सन्दर्भ सामाग्रीः धादिङ न्यूज डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds