ट्रेड युनियन खारेज हुँदैन, कार्यालय समयमा राजनीति गर्न पनि पाईन्न: मन्त्री पण्डित

ट्रेड युनियन खारेज हुँदैन, कार्यालय समयमा राजनीति गर्न पनि पाईन्न: मन्त्री पण्डित

pan

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेका छन् । मन्त्री पण्डितले कार्यालय समयभित्र भने कर्मचारी ट्रेड युनियनहरुको सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा पनि गरे ।

निजामती सेवा दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निजामती कर्मचारीहरुलाई इमान्दारिताका साथ काम गर्न पनि सचेत गराए । उनले देशप्रति समर्पित भएर काम गराउन सरकारले उत्कृष्ट कर्मचारीहरुलाई निजामती सेवा पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै अख्तियारको फन्दामापर्ने जस्ता अनुशासनहिन काम नगर्न पनि कर्मचारीलाई कडा निर्देशन दिए ।

मन्त्री पण्डितले संविधान र कानुनअनुसार कर्मचारीहरुको समायोजन गरिएकाले उनीहरुले त्यसमा प्रतिबद्ध भएर काम गर्नुको विकल्प नरहेको पनि दोहोर्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds