चेकप्वाइन्ट थापेर जाँच गरिराखेको प्रहरी टोलीलाई हतियार देखाउँदै भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
मंगलबार राति चेकिङका बेला प्रहरीलाई हतियार देखाएर भाग्न खाेजेका वीरगञ्ज महानगरपालिका १६ निवासी सन्तोष दास तत्मा प्रहरीको गाेली लागेर घाइते भएका हुन ।
दाहिने खुट्टामा गोली लागेका तत्माको नारायणी अस्पतालमा उपचार भइरहेको छ। विशेष सूचनाको आधारमा मंगलबार राति साढे ९ बजेदेखि वीरगन्ज १३ राधेमाईमा चेक प्वाइन्ट थापेको थियो।
प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठाैरका अनुसार तत्मा गए राति १० बजेर१० मिनेटको समयमा प्रहरीलाई हतियार देखाएर भागेपछि गोली प्रहारगरिएकाे हो। उनको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने गोली १७ राउन्ड बरामद भएको छ। १ सय ७० ग्राम लागूऔषध पनि बरामद गरिएकाे छ। तत्माले यसअघि कर्तव्य ज्यान र हातहतियार मुद्दामा जेल सजाय काटिसकेकाे प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम