नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबारविप्लव समूहको कार्यकर्ताको आरोपमा पक्राउ परेका पत्रकार ओम हमालको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरेका छन् । विप्लव समूहको कार्यकर्ताको आरोपमा कास्कीको सिसुवाबाट भदौ ६ गते पक्राउ परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पक्राउ गरेको छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक हुन् ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम