बेलायतबासीलाई लगानी मैत्री वातावरण बनाउने बचन, पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न बेलायतबासी उत्साहित : मुख्यमन्त्री गुरुङ

बेलायतबासीलाई लगानी मैत्री वातावरण बनाउने बचन, पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न बेलायतबासी उत्साहित : मुख्यमन्त्री गुरुङ

prithivi-subba-Gurung

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपालीहरु प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन । १० दिने वेलायत भ्रमण सकेर स्वदेश फर्कने क्रममा मंगलबार पोखरा विमानास्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न बेलायतबासी नेपाली उत्साहित देखिएको बताएका हुन ।

एनआरएन बेलायत र व्यवसायी गरेर बसेका नेपालीहरुसँगको छलफलको क्रममा प्रदेशमा लगानीका लागि इच्छा देखाएको र लगानी मैत्री वातावरण बनाउने आफूले बचन दिएको उनले बताए । त्यस्तै अन्तराष्ट्रिय म्याराथन तथा फुटबल लगायतका खेलकुद क्षेत्र साहरा युके लगायतका संस्थाले व्यवस्थित लगानीको इच्छा देखाएको पनि मुख्यमन्त्री गुरुङले बताए ।

मुख्यमन्त्री गुरुङले भूपू गोर्खा सैनिकहरुसँग समेत सामूहिक भेट गरेका थिए । भेटमा उनीहरुले आफूहरुले भोगिरहेको विभेदको विषयमा सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेको उनले बताए । मुख्यमन्त्रीको वेलायत भ्रमणको क्रममा पोखरा सहर र वेलायतको म्यानचेष्टर सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा त्यहाँको प्रतिनिधिसँग छलफल भएको छ ।

वेलायतका नेपालीभाषी जनप्रतिनिधि नर्थ योर्कसायरका मेयर जनक शर्मा र लण्डनका डेपुटी मेयर लक्ष्यु गुरुङसँग भेटेर दुइ पक्षीय हित र सहयोग सम्वन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले बताए । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यपकहरुको समुहसँग समेत मुख्यमन्त्री गुरुङले भेटेका थिए ।

भेटको क्रममा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवास्था र विभिन्न अध्ययन अनुसन्धान नेपाललाई सघाउने बचन प्राध्यापकहरुले दिएको मुख्यमन्त्री गुरुङले बताए । समग्रमा आफ्नो वेलायत भ्रमण सफल भएको र यसले प्रदेशमा लगानी बढाउने महत्वपुर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङको दावी छ । वेलायतमा आयोजना हुने नेपाली मेला भाग लिनका लागि मुख्यमन्त्री गुरुङ भदौ ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

विमानास्थलमा मुख्यमन्त्री गुरुङलाई प्रदेशका आन्तरिक ममिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन तथा वन वाताबरण मन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द बहादुर नेपाली र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds