बुबा–आमाले गाली गर्दा, १४ वर्षीय छोराले गरे आत्महत्या

बुबा–आमाले गाली गर्दा, १४ वर्षीय छोराले गरे आत्महत्या

khasera death

वीरगन्ज– बुबा–आमाले गाली गरेको भन्दै पर्साको वीरगन्ज महानगरपालिका–२० अपौनी बस्ने नविलाल प्रसाद चौरसियाका १४ वर्षीय छोरा गोविन्द प्रसाद चौरसियाले आत्महत्या गरेका हुन् ।

घरायसी विषयमा आमा–बुबाले गाली गरेपछि निराश भएका गोविन्दले बाँसको बलोमा पासो लगाएका थिए । पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका गोविन्दलाई उद्दार गरी उपचारका लागि लगिएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मृतक गोविन्दको शवको परीक्षण पछि आफन्तलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds