एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक, कास्की २ मा साढे आठ हजार मतान्तरले चालिसेलाई हराए

एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक, कास्की २ मा साढे आठ हजार मतान्तरले चालिसेलाई हराए

Rabindra Adhikari

पोखरा, मंसिर २३ । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । कास्की चार क्षेत्र रहँदा अधिकारी क्षेत्र नं. ३ बाट निर्वाचित हुँदै आएका थिए ।

वाम गठबन्धनका साझा उम्मेदवार उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजीत गरे । अधिकारीले २७ हजार २ सय ७ मत पाउँदा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका छन् ।

७० हजार ६ सय ५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । अधिकारीले २०६४ मा माओबादी नेता झलकपाणी तिवारीलाई पराजीत गरे भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरेका थिए ।

नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अब पाँच वर्ष समृद्धि र विकासका लागि दिलोज्यान लगाएर लागिपर्ने बताएका छन् । उनले सबै पक्षसँग हातमा हात मिलाएर सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।

यो नतिजासँगै कास्कीको क्षेत्र नं. २ को सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेशसभा तर्फ क मा एमालेका कृष्ण थापा विजयी भए भने ख तर्फ काँग्रेसका बिन्दुकुमार थापा विजयी भए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds