कर्मचारीलाई मन्त्रीको यौन दुर्व्यवहार, महिलाले गरीन् पदबाट राजीनामा

कर्मचारीलाई मन्त्रीको यौन दुर्व्यवहार, महिलाले गरीन् पदबाट राजीनामा

himsa

अफगानिस्तान  यतिवेला  यौन दुर्व्यवहारका घटनाले  तरंगित बनेको छ । महिलामाथि हुने यौन दुर्व्यवहारका घटना वृद्धि भइरहेको बताइरहेका वेला ती घटनामा सरकारी अधिकारी नै संलग्न रहेको विषयले युद्धको चपेटामा परेको देश तरंगित बनेको हो ।

मन्त्रीले गरे यौन दुर्व्यवहार

एक महिला कर्मचारीले आफूमाथि पूर्वमन्त्रीले बारम्बार यौन दुर्व्यवहार गरेको गुनासो गरेकी छिन् । यौन दुर्व्यवहारबारे प्रतिकार गर्दा पूर्वमन्त्री भौतिक आक्रमणमा उत्रेको उनको गुनासो छ । ‘उसले प्रत्यक्ष रूपमा यौन प्रस्ताव गर्यो । म जस्तो महिलालाई मन्त्रीजस्तो व्यक्तिले त्यस्तो प्रस्ताव गर्लान् भनेर सोचेकी पनि थिइनँ । उसको प्रस्ताव सुनेर भाग्न खोज्दा उसले मेरो हात समातेर आफ्नो कार्यकक्ष पछाडिको कोठामा लग्यो।’

मन्त्रीको दुर्व्यवहारपछि उनले भोलिपल्टै पदबाट राजीनामा दिएकी थिइन् । तर, मन्त्रीविरुद्ध उजुरी दिन सकिनन् । ‘दुर्व्यवहारका घटना सार्वजनिक गर्दा सबैजनाले पीडितलाई नै दोषी मान्छन्,’ उनी भन्छिन् । उनका अनुसार ती मन्त्रीले अन्य दुईजना महिला कर्मचारीलाई पनि दुर्व्यवहार गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds