विप्लवको अखिल क्रान्तिकारीद्वारा भोलि ११ गते शैक्षिक हडतालको आह्वान (विज्ञप्ति सहित)

विप्लवको अखिल क्रान्तिकारीद्वारा भोलि ११ गते शैक्षिक हडतालको आह्वान (विज्ञप्ति सहित)

PicsArt_08-27-07.28.39

तनहुँ । नेत्रविक्रम चन्द विप्लव नेकपाको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) तनहुँले भोलि बुधबार तनहुँ जिल्लामा एक दिने शैक्षिकको घोषणा गरेको छ ।

सोमबार साझ प्रेस विज्ञप्ति जारि गर्दै अखिल क्रान्तिकारीले शैक्षिक हडतालको घोषणा गरेको हो ।

हेर्नुस प्रेस विज्ञप्ति :

अखिल क्रान्तिकारी तनहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्य ममता रुचाललाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

सोहि कार्यको विरोध स्वरुप शैक्षिक हड्ताल गरिएको सो प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भदौ ९ गते कोण सभा, १० गते मसाल जुलस र ११ गते १ दिने शैक्षिक हडताल गर्ने अखिल क्रान्तिकारी तनहुँका सचिव सुजन गौतमले बताए ।

प्रहरीले व्यास नगरपालिका-११ बाट रुचाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेट लगायतका सामाग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

तनहुँबाट जिल्ला प्रहरी कार्यालय तनहुँले हालसम्म १६ जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds