भरतपुर– पत्रकार शालिकराम मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले गरेको फोहोरका कारण चितवनको भरतपुर कुरुप बनेको छ ।
रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका समर्थकहरुले गरेको फोहोरका कारण यहाँको वातावरण दुर्गन्धित बनेको भरतपुरबासीको गुनासो छ ।
भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयसँगै, जिल्ला अदालत अगाडिको सडकमा यत्रत्यत्र अवस्थामा फोहोर फालिएको स्थानीयले बताए ।
रवीका समर्थकहरुले केही ठाउँका सडकमा टायर बालेर समेत प्रदर्शन गरेका थिए । आन्दोलनका लागि बालिएको टायरको धूलो (खरानी)ले समेत सडक कुरुप बनेको स्थानीयले बताए ।
‘उनीहरु (रविका समर्थकहरु)ले पानीका बोत्तल, विभिन्न कागजलगायतका फोहोर सडकमै फालेर गएका छन्,’ भरतपुरका एक होटेल व्यवसायीले भने, ‘महानगरपालिकालाई पनि फोहोर उठाउन समस्या भएको छ । केही दिनका लागि यहाँको वातावरण दुर्गन्धित नै हुने जस्तो देखिन्छ ।’
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम