रवि लामिछानेको थुनछेकको वहस पछि हुने निर्णय सुन्न भन्दै चितवन पुगेका पत्रकार ऋषी धमलालाई रवि लामिछानेका समर्थकले घेरेका छन् । उनीहरुले रवि लामिछानेको विरुद्ध टेलिभिजन कार्यक्रम बनाएको भन्दै घेराउ गरेका हुन् । चितवन स्थित अदालत परिसरमा पुगेका धमलालाई पुडाशैनीले देहत्याग गर्नु अघि रेकर्ड गरेको भिडियोका विषयमा ऋषी धमलाले दिएको अभिब्यक्तिलाई लिएर उनीहरुले घेराउ गरेका हुन् । देहत्याग गर्नुअघि मानिसले झुटो बोल्न सक्दैन त्यसैले पुडाशैनीले पनि झुटो बोलेका छैनन् भन्दै ऋषी धमलाले अभिब्यक्ति दिएको भन्दै रविका समर्थकले धमलालाई र्याख्र्याख्ती पारेका छन् ।
उनीहरुले त्यसको जवाफ दिनुस् धमला जी भन्दै आक्रोश ब्यक्त गरेका थिए । उनीहरुले धमलालाई अपशब्द प्रयोग गर्दै दुब्र्यवहार गरेका थिए । रविका समर्थकले त्यसो भनेर र्याखर्याख्ती पार्दा धमलाले अदालतले त्यसको निर्णय गर्छ हामीले यहाँ बोलेर हुँदैन भन्दै निस्किएका थिए । रवि लामिछानेका समर्थकले दुब्र्यवहार गरीरहँदा पनि धमला भने निकै शान्त देखिन्थे ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम