फेसबुकमा प्रधानमन्त्रीलाई अपशब्द लेखेका हृदयलाई कैलालीबाट काठमाण्डौ लगियो

फेसबुकमा प्रधानमन्त्रीलाई अपशब्द लेखेका हृदयलाई कैलालीबाट काठमाण्डौ लगियो

arrest-pakrau

सांकेतिक तस्विर

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपशब्द प्रयोग गरेको आरोपमा प्रहरीले लम्कीका २६ वर्षीय हृदय उपाध्यायलाई पक्राउ गरेको छ।

फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरेको भन्दै उनलाई अपराध महाशाखा टेकुको निर्देशनमा इलाका प्रहरी कार्यालय लम्कीले आइतबार पक्राउ गरेको हो। नेपाल विद्यार्थी संघ आबद्ध उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ।

उपाध्यायले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा अपशब्द लेखेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds