विप्लव समूहका कास्की जिल्‍ला इन्चार्ज पक्राउ

विप्लव समूहका कास्की जिल्‍ला इन्चार्ज पक्राउ

68744027_732173087253786_4620211429725700096_n (1)

कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई शुक्रबार बिहान ८ : ०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका अर्का व्यक्ति भने पत्रकार ओमबहादुर हमाल रहेका छन् । प्रहरीले उनी पनि विप्लव कार्यकर्ता भएको बताएको छ ।

वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महिना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds