अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा इस्लामिक स्टेटविरुद्ध भारतले लडाईं गर्नुपर्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले अफगानिस्तानमा आतंकवादी संगठनसँगको लडाईंमा भारत, रुस, टर्की, इराक र पाकिस्तानले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
ट्रम्पले गुनासो गर्दै सात हजार माइल टाढा रहेको अमेरिकाले अफगानिस्तानमा आतंकवादीहरूका विरुद्ध कारवाही चलाइरहेको अनि अन्य देशले चाहिँ पटक्कै सहयोग नगरिरहेको बताए ।
इराक र सिरियामा आफ्नो कब्जा गुमाएपछि आतंकवादी संगठन आईएस अफगानिस्तानमा पकड बलियो बनाउन खोज्दैछ । अफगानिस्तानमा केही दिनअघि एउटा आत्मघाती आक्रमणमा ६३ जनाको मृत्यु हुँदा आईएसले त्यसको जिम्मा लिएको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम