चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ ।
बयान सकिए लगत्तै उनीहरुलाई आज म्याद थपका लागि अदालत लगिँदैछ । यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले ५ दिनको म्याद दिएको थियो ।
तर अनुसन्धानका लागि अझैँ समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बताए । प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ ।
आत्महत्या अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका थिए ।
सम्बन्धित खबर
रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ लगिँदै
मुद्दा चलाउने आधार नभेटिएपछि कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम