गण्डक न्युज पोखरा, २२ मंसिर। कास्कीमा जारी मतगणना अनुसार कास्की क्षेत्र नं. २ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका युवा नेता रबिन्द्र अधिकारीले सुरुदेखि नै अग्रता लिईरहेका छन् । नेपाली काँग्रेसका देवराज चालिसे पछ्याईरहेका छन् ।
एमालेका अधिकारीले २५२४ मत ल्याएका छन् । चालिसेको १५६२ मत छ ।
निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ १३ जना प्रतिष्पर्धामा छन् । बामगठवन्धनवाट नेकपा एमालेका रविन्द्र अधिकारी, नेपाली काँग्रेसवाट देवराज चालिसे र संघीय फोरमवाट रत्न भट्टचन प्रतिष्पर्धामा छन् ।
राष्ट्रिय जनमोर्चावाट दालकुमारी खत्री, नयाँ शक्तिपार्टीवाट दीपक भण्डारी, विवेकशिल साझा पार्टीवाट श्रीकृष्ण श्रेष्ठ,,देशभक्त जनगणतान्त्रिक मोर्चावाट कर्णवहादुर पुन , नेकपा मालेवाट टेकनाथ भण्डारी, दलित पार्टीवाट लक्ष्मी विक, मंगोल नेशनल अर्गनाईजेशनवाट ज्ञानराज गुरुङ,संघीय लोकतान्त्रिक मंचवाट वालकुमार राई, राष्ट्यि जनमुक्ती उमा दर्लामी र स्वतन्त्र उम्मेदवार निर्मल खत्री चुनावी मैदानमा छन् ।
सम्बन्धित खबर
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम