त्रिशूलीमा बस खस्यो: ४ जनाको मृत्यु, १४ जना घाइते

त्रिशूलीमा बस खस्यो: ४ जनाको मृत्यु, १४ जना घाइते

Chitwan bus accident

The security personnel deployed from Chitwan District Police Office in search and rescue operation for a passenger bus that plunged into Trishuli River near Kalikhola along the Narayangadh Munglin road section on Friday, August 26, 2016. Photo: Tilak Ram Rimal/THT

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ४ जनाको मृत्यु भएको छ । १४ जना घाएते भएका छन् । सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस आज ९शुक्रबार विहान सवा ३ बजे त्रिशूली नदीमा खसेको हो ।

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ । घाइतेहरुलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान गरिएको छ ।

बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । अहिले सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds