पोखरा, २२ साउन । होटलमा बास बस्न आउने ग्राहकको अभिलेख नराखेको आरोपमा पोखरा–८ पृथ्वीचोक स्थित होटल कोशी एण्ड रितिका रेष्टुरेण्टकी संचालिका ममतादेवी महतोलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
उनकै होटलमा जेठ ३० गते बास बसेका तीन भारतीयले असार १ गते पोखरा–१० रामबजार निवासी २७ बर्षीया लक्ष्मी परियारको हत्या गरेको अभियोगमा जिल्ला अदालत कास्कीमा मुद्दा चलेको छ । हत्यामा लक्ष्मीका पति समेत सम्लग्न भएका थिए ।
उक्त होटलकी संचालिका महतोलाई होटल व्यवसाय तथा मदिरा बिक्री वितरण नियन्त्रण ऐन २०३३ को दफा ५ को उपदफा १ (क) विपरित कसुर अपराध गरेको आरोपमा उनलाई पक्राउ गरी कानूनी कारवाहीका लागि पोखरा स्थित आन्तरिक राजस्व कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए । महतोलाई मंगलवार (साउन २१) गते पक्राउ गरिएको हो ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम