तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको मोटरसाईकल धनीलाई हस्तान्तरण गरेको छ । गत बिहिबार राती म्याग्दे गाउँपालिका वडा नं ३ धयरे स्थित एबिआइ ईट्टा उद्योग परिसरमा पार्किङ गरिराखेको बा ३६ प ४३९० नम्बरको होण्डा साईन मोटरसाईकल हराएको भनि सोही उद्योगका संचालक व्यास नगरपालिका वडा नं १ बस्ने गोबिन्द पन्थले प्रहरीले जानकारी गराएका थिए ।
उक्त मोटरसाईकल बारे विभिन्न चेक प्वाईन्टहरुलाई जानकारी गराई खोजतलास गर्ने क्रममा आइतबार व्यास नगरपालिका वडा नं ५ कन्टार स्थित राजमार्ग छेउमा वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
उक्त मोटरसाइकल कार्यालयमा ल्याई सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको लामिछाने बताए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते