पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ देखि पोखरा सम्मको ९० किलोमिटर सडक ४ लेनको बन्ने भएको छ । सडक स्तरोन्नतीका लागि सरकारले एशियाली विकास बैंक (एडिवी) सँग ऋण लिने भएको छ । साउन १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले एडिबीबाट राजमार्ग सुधारका लागि करिब २१ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने सम्बन्धमा वार्ता टोली गठन गर्न अख्तियारी दिइने निर्णय गरेको हो ।
आइतबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सहुलियतपुर्ण ऋण लिने निर्णय सार्वजनिक गरेका थिए । सरकारले ऋणबाट आबुखैरेनी देखि पोखरा सम्मको २ लेनको बाटो स्तरोन्नती गरि चार लेनको बनाउने तयारी गरेको हो ।
ऋणबाट आबुखैरेनी देखि पोखरासम्मको ९० किलोमिटर राजमार्ग स्तरोन्नती गरि ४ लेनको डेडिकेटेड राजमार्ग बनाउने सरकार योजना रहेको छ । यो सडकको विस्तृत अध्ययन पनि एडिबीकै सहयोगमा भएको थियो । बाटोमा पर्ने ठुला दुई पुल पनि आयोजना भित्रै पर्नेछन् । दमौलीको मादि नदिमाथिको पुल र सेती नदि माथिर्को पुल पनि आयोजनामा छन् ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम