खुट्टा र आमा गुमाएपनि प्रेरणादायी जीवन बाँचेका युवकले ‘अर्को जुनीमा भेटौँला’ लेख्दै बिदा भए

खुट्टा र आमा गुमाएपनि प्रेरणादायी जीवन बाँचेका युवकले ‘अर्को जुनीमा भेटौँला’ लेख्दै बिदा भए

Yubak Lamaa

पछिल्लो समय बालबालिका तथा किशोरकिशोरी आत्मबल गुमाउँदै स्वहत्या गर्ने क्रम बढेको छ । कतिले सामाजिक सञ्जालबाटै पटक पटक जानकारी गराएर समेत ज्यान फाल्ने गरेका उदाहरण छन् । आइतबार १८ वर्षीय एक किशोरले फेसबुकमै फोटो सहितको पोष्ट लेखेर ज्यान फाले ।

धादिङ गल्छी घर भई ललितपुर बसेर ११ कक्षामा पढ्दै गरेका युवक लामा, जो दुर्घटनामा परेर एक खुट्टा गुमाएका थिए, केही समय पछि आमा पनि गुमाए । तर, अभाव र पीडा झेल्दै एक खुट्टाकै भरमा साइकल चलाएर सबैले चिन्ने, प्रेरणाका श्रोतका रुपमा आफूलाई उभ्याइसकेका थिए ।

आइतबार दिनको १२ बजेर ४५ मिनेटमा उनले आफ्नो रुँदै गरेको सेल्फी फेसबुकमा राखेर रुँदै ‘सबैले बिर्सिदिए पुग्छ मलाई यो जिन्दगीमा, अर्को जुनीमा भेटौँला’ भन्दै आत्महत्या गरे ।

https://www.facebook.com/yubak.lama.963/posts/330808117797764

हात्तीवन स्थित डेरामा उनले स्कुल ड्रेसमै सेल्फी पोष्ट गरेका थिए भने सोहि अवस्थामा झुण्डिएका छन् । २०६९ सालको दशैँमा धादिङ गल्छीस्थित घर जाँदै गर्दा भएको बस दुर्घटनामा परेपछि उनले एउटा खुट्टा गुमाउनु परेको थियो। त्यसको केही समयमा नै आमाको पनि मृत्यु भयो। साथी सुरज कार्कीको हौसला र पछि, यमलाल रसाइलीले उनलाई साइकल चलाउन सिकाए। रसाइली पनि एक खुट्टा बिना साइकल चलाउँछन्। काठमाडौँको पुरानो साइकल पसल पङ्क बाइकले उनलाई साइकलमात्रै निःशुल्क दिएन, जागिरसमेत दियो। उनले साइकलबाटै लुम्बिनीसम्म, नेपालगञ्ज, कोशी टप्पुसम्मको यात्रा गरेका थिए। उनको बारेमा पहिलो पोष्ट डटकमले यसअघि नै फिचर स्टोरी प्रकाशित गरिसकेको छ ।

हिमालयन आउट डोर अन्तर्गतहात्तीवनमा भएको क्रस कन्ट्री रेसमा दोस्रो भएका उनको प्यारा ओलम्पिकमा सहभागी हुने योजनामा समेत थिए । तर, उनी निकै डिप्रेशनमा पुगिसकेका रहेछन् । पत्रकार उमेश श्रेष्ठले आफ्नो ब्गल माइसंसार डटकममा यसबारे लेखेका छन् ।

फेसबुक पोस्टहरु हेर्दा केही दिनदेखि उनले पीडा पोखिरहेको देख्न सकिन्छ। शनिबारमात्रै राति उनले लेखेका थिए– जिन्दगी हरेक दिन उस्तै नहुदोरैछ। कहिले उदाएको घाम जस्तै त कहिले अस्ताउन लागेको सूर्य जस्तै।।। शुक्रबार पनि उनले लेखेका थिए – अजिबको छ मेरो एक्लोपन। न खुशी छु, न उदास छु, बस।। खाली छु खामोस् छु।

स्टाटस देख्नेबित्तिकै उनलाई सोधखोज या नजिकका साथी कोठामा पुगेका भए उनलाई बचाउन सकिन्थ्यो कि ? भन्दै प्रतिक्रिया आउन थालेका छन् ।

https://www.facebook.com/KathaHaruNp/videos/316396565739536/?t=0

https://www.facebook.com/hem.neupane.56/videos/563410254145315/?t=0

फेसबुकमा सुसाइड नोट : मर्ने कसैलाई रहर हुँदैन…

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds