गण्डकीका मुख्यमन्त्री गुरुङ भदौ पहिलो साता बेलायत जाने

गण्डकीका मुख्यमन्त्री गुरुङ भदौ पहिलो साता बेलायत जाने

mukhya mantri

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भदौ पहिलो साता बेलायत जाने भएका छन् । तमु धिँ, यूकेको आयोजनामा भदौ ७ र ८ गते हुने नेपाली मेलामा सहभागी हुन मुख्यमन्त्री गुरुङ त्यसतर्फ जाने निर्णय भएको गण्डकी सरकारले औपचारिक जानकारी दिएको छ ।

सरकारका प्रवक्ता रामशरण बस्नेतले गत साउन १६ गते बसेको ब्याबिनेट बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै यस्तो जनाएका हुन् । साथै, बैठकले मुख्यमन्त्रीको भ्रमणको लागि नेपाल सरकारसँग स्वीकृतिको लागि सिफारिस गरेको उनले जनाए ।  मेलामा सहभागी हुन जाँदा प्रदेश सरकारको कुनै पनि आर्थिक दायित्व नहुने बस्नेतले स्पष्ट पारेका छन् ।

यो उनको दोस्रो विदेश भ्रमण हो । यसअघि गत वर्ष असोज ९ देखि १५ गतेसम्म हाइनान प्रान्तका सरकार प्रमुखको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ चीन गएका थिए । हाइनान प्रान्तको विशेष प्रान्तीय दिवसमा मुख्यन्त्री गुरुङलाई निम्तो थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds