तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस दुर्घटना भएको हो ।
अगाडि रहेको सवारीलाई ओभरटेक गर्न खोज्दा अनियन्त्रित भई उक्त बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परि बसमा सवार १९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते एकको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार भईरहेको र अर्काएकजना लाई पोखरा स्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त बसमा ३३ जना यात्रु सवार रहेका थिए । अन्य सामान्य घाइते उपचार पश्चात फर्किएको प्रहरी जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेकाे छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते