साउन १९, २०७६
जंगली जनावर भगाउन हानेको गोली लागेर डोटीमा शनिबार राति एक युवकको ज्यान गएको छ। जिल्लाको आदर्श गाउँपालिका–५ लामीखाल तल्लो ढाडावन बस्ने अन्दाजी ५० वर्षीय जङ्गे भुलले राति १० बजेर ४० मिनेटको समयमा चलाएको गोली लागेर सोही ठाउँका पुने लुहारका छोरा अन्दाजी १९ वर्षीया तपेश लुहारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।
तपेशको टाउकोमा गोली लागेको थियो। स्थानीय सलामीढाडा सामुदायिक वन नजिकै गगने भाट र पुने भाटको खेतको किनारमा जङ्गे भुलले एक नाले भरुवा बन्दुक चलाउँदा गोली तपेशलाई लागेको जनाइएको छ। घटना भएलगत्तै इलाका प्रहरी चौकी आदर्शका प्रमुख प्रहरी नायव निरिक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोली चलाउने व्यक्ति र बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाको मुचुल्का तयारी र विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको टोली आइतबार बिहानै घटनास्थल पुगेको डोटी प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम