काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
मन्त्रालयले आज आयोजित आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पण्डितले कर्मचारीले तोकिएको कामबाहेक अनावश्यक अतिरिक्त समय बिताए त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन्। “कर्मचारी जसलाई जे जिम्मेवारी दिइएको हो। त्यही काममा लाग्नुहोस्’’ मन्त्री पण्डितले भने, ‘‘तोकिएको कामबाहेक अरु गरे त्यसको मूल्य चुकाउनुपर्ने छ।’’
सरकारले तोकेको काम पूरा नगर्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने भन्दै उनले त्यस्ता कर्मचारीलाई बिदा गरेर पठाइने धारणा राखे। मन्त्री पण्डितले अपुग कर्मचारी यसै आवको शुरुदेखि नै अन्त्य गर्ने उल्लेख गर्दै अब नियमित कर्मचारी भर्ना गर्दै जाने जानकारी दिए। सङ्घीय निजामति कर्मचारी सेवा ऐन यही महीनाभित्र संसद्बाट अगाडि बढ्ने उनको भनाइ थियो। प्रदेश र स्थानीय तहमा कर्मचारीको पद, श्रेणीमा देखिएको समस्या तथा असमान तलबलाई एक साताभित्र सुल्झाउने मन्त्री पण्डितले बताए।
मन्त्री पण्डितले गत आवमा व्यवस्थापनका काम बढी गर्नु परेकाले विकास निर्माणका काम कम भएको बताए। “गत आवमा तुलनात्मक रुपमा व्यवस्थापनका काममा बढी ध्यान केन्द्रीत गर्नुपर्यो”, उनले भने, “त्यसैले व्यवस्थापनका काममा उल्लेखनीय प्रगति र विकास निर्माणमा मध्यमस्तरीय प्रगति भएको छ।” चालु आवमा सेवा प्रवाह र विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउने उल्लेख गर्दै मन्त्री पण्डितले कामको निर्धारित समय सीमामा तथा कामको प्रगतिमा कुनै प्रश्नचिन्ह खडा नहुने बताए। सार्वजनिक खरीद नियमावली संशोधन हुन थालेको भन्दै अव काम नगर्ने ठेकदारको रकमसमेत निकासा नहुने उनको भनाई थियो।
मन्त्रालयले गत आवमा ४८.९ किमि नयाँ ट्र्याक, २२६ किमि ग्राभेल सडक, आठ हजार ४३६ किमि सडक मर्मत सम्भार, ७३ वटा सडक पुल निर्माण, ५२५ झोलुङ्गे पुल निर्माण, ३५६ साना सिँचाई योजना तथा ३५१ वटा खानेपानी आयोजना निर्माण सम्पन्न गरेको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम