बुटवल । विगत १५ दिनदेखि रोकिराखेको बसको छतमा एक युवकको शव भेटिएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३७ वर्षीय दीपक थापाको शव आज बुटवलको बसपार्कमा राखेको बसको छतमा भेटिएको हो।
लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सो गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको थियो ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बसपार्कमा कुहिएको अवस्थामा थापाको फेला परेको बताए । भट्टराईले भने , ‘हत्या हो, या मृत्यु भएको हो अनुसन्धान गर्दैछौं, शव आंशिक रुपमा कुहिएकोले अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उनले बताए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम