पोखराको माझठानामा एनसेल टावरमा क्षति, धादिङ र झापामा बम बिष्फोट

पोखराको माझठानामा एनसेल टावरमा क्षति, धादिङ र झापामा बम बिष्फोट

ncell tower

सांकेतिक तस्विर

पोखरा । देशभरका विभिन्न जिल्लाका दुर संचार प्रदायक संस्थाको टावरमा आक्रमण भएको छ । क्षति पु¥याएको मध्ये अधिकांश स्थानका एनसेल टावरमा आक्रमण भएको हो भने अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ ।

मंगलबार र बुधबारसम्म अज्ञात समूहले एक दर्जन एनसेल र नेपाल टेलिकमको टावरमा आगजनी गरेको हो । झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेको प्रहरीले जनाएको छ । झापा र धादिङमा भने एनसेलको टावरमा बम नै विस्फोट गराइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

पोखराको माझठानामा एनसेल टावरमा क्षति

पोखरा महानगरपालिका वडा नं. २८ माझठाना डाडाँगाउँ नजिकै रहेको एनसेल टावरमा आगजनी भएको छ । आगजनीबाट टावरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

जिल्ला सहित नजिकको ईलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी मोहन खाँडको नेतृत्वमा टोली घटनास्थल पुगेको केसीले जानकारी दिए । सो ठाउँ नजिकै सामुदायिक सेवा केन्द्र कालिका रहेको छ ।

‘रातको समयमा आक्रमण भएको हो । समय एकिन भएको छैन । समूह पनि एकीन भएको छैन । टावर नचल्ने गरेर, बक्सहरुमा क्षति पुगेको प्राविधिकहरुले जनाएका छन् । अनुसन्धान भईरहेको छ ।’ डिएसपी केसीले भने ।

तर, हालसम्म टावरमा आक्रमण गर्ने को ? भन्ने बारे प्रहरीले केही बताएको छैन । यसअघि नेपाल बन्दको समयमा नेकपा विप्लव समूहले यस्तो गतिविधि गर्दै आएको थियो । विप्लव समूहले पनि अहिले घटनाको जिम्मेवारी लिएको छैन । तर, प्रहरी स्रोतले भने नेपालमा अहिले विप्लव समूहले मात्र यस्तो काम गर्दै आएको दाबी गर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds