पोखरा । पोखराको फेवातालमा आज बिहान शव फेला परेको छ । यद्यपी, हालसम्म पहिचान हुन सकेको छैन । वडा प्रहरी कार्यालय बैदामका अनुसार पोखरा ६ खहरे खपौंदी क्षेत्रमा एक पुरुष मृत भेटिएका हुन् ।
अन्दाजी ३५ वर्षका उक्त पुरुषको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । ‘शव दुई दिन जत्तिको हुनसक्छ । अण्डरवेयर मात्र लगाएको अवस्थामा भेटिएकाले पौडी खेल्न जाँदा डुबेको अनुमान गरेका छौं । स्थानीयले हिजोसम्म किनारमा कपडा देखेका पनि भनेका छन् । शरीरमा अन्य चोटपटक नभएको हुनाले पौडी खेल्न जाँदा नै डुबेको जस्तो छ । पोष्टमार्टम गरेपछि नै के भएको हो भन्ने थाहा हुन्छ ।’ डिएसपी शाहले भने ।
पोखराको फेवाताल, बेगनास तालमा वर्षेनी पौडी खेल्दा तथा डुंगा शयरका क्रममा डुबेर ज्यान जाने घटना भइरहेका छन् ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम