तनहुँ शुक्लागण्डकी उपप्रमुख रसाइलीको पत्रकार सम्मेलनमा पत्रकारहरुमाथि हातपात [भिडियो]

तनहुँ शुक्लागण्डकी उपप्रमुख रसाइलीको पत्रकार सम्मेलनमा पत्रकारहरुमाथि हातपात [भिडियो]

Shuklagandaki (1)

दमौली । शुक्लागण्डकी नगरपालिकाकी उप—प्रमुख सविता रसाईलीको पत्रकार सम्मेलनमा पत्रकाहरु माथि हातपात र दुव्र्यवहार भएको छ । नगरपालिकाको सभा कक्षमा भएको पत्रकार सम्मेलनमा उप— प्रमुख सविता रसाइलीसँगै सहभागी भएका युवाहरुले पत्रकार माथि हातपात र दुव्र्यवहार गरेका हुन् । त्यसक्रममा सेतीमादी दैनिकका सम्पादक एवं नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी, खबरबाटिका साप्ताहिकका सम्पादक समुन्द्र पौडेल लगायतलाई हातपात गर्नुका साथै दुव्र्यवहार गरेका थिए ।

सेतीमादी दैनिकमा उपप्रमुख रसाइलीले क्षेत्राधिकार बाहिर गएर सार्वजनिक जग्गा क्लवलाई प्रयोग गर्न दिएको विषयमा प्रकाशित समाचारको विषयलाई लिएर आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरु माथि हातपात र दुव्र्यवहार गरिएको हो । पत्रकारहरुलाई सुरक्षाकर्मीले थप आक्रमणबाट हुनबाट जोगाए ।

https://www.facebook.com/gandaknews/videos/373482923358458/

पत्रकार सम्मेलनको सुरुवातमा नै उपप्रमुख रसाइलीले पत्रकारहरु माथि अपमानजनक व्यवहार गगरेको पत्रकारहरुको आरोप छ । तर उपमेयर रसाईलीले भने पत्रकारहरुले पनि कुरा सुन्नुपर्नेमा कुरा नसुनेपछि अवस्था नियन्त्रण गएको बताईन् ।

https://www.facebook.com/khadka.narayandml/posts/2820851267929187

यसैबीच, उक्त घटनाको नेपाल पत्रकार महासंघ तनहुँ शाखाले गम्भीर आपत्ति जनाएको छ । महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्य र सचिव उज्वल पौडेलद्धारा जारी विज्ञप्तीमा उपप्रमुख रसाइलीको पत्रकार सम्मेलनमा गरिएको व्यवहारको खेद व्यक्त गरिएको छ ।

पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्नुका सट्टा पत्रकारहरु माथि अपशब्द प्रयोग गर्नु अत्यत्न खेदजनक रहेको उल्लेख गरिएको छ । यस किसिमको गल्ती सच्याउन जोडदार माग गरिएको छ । साथै पत्रकारहरुलाई सुरक्षित वातावरणमा पत्रकारिता गर्ने वातावरण मिलाउन समेत जोडदार माग गरिएको छ ।

तर, स्थानीय बगैँचा युवा क्लबले भने पत्रिकामा प्रकाशित समाचार झुटो रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । क्लबका अध्यक्ष अर्जुन गिरीले प्रकाशित गरेको विज्ञप्तीमा पत्रिका र पत्रकारलाई नै कारबाहीका लागि माग गरिएको छ । विज्ञप्ती यस्तो छ:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds