काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।
उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म हुने उहाँको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ । नेपाल समाचारपत्रले समाचार छापेको छ ।
भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ । उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एकचरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन् ।
‘दशैं अघि नै भारतका तर्फबाट उच्चस्तरिय भ्रमण हुने बलियो संकेत आएको छ, सुरक्षा निकायको उच्च स्रोतले भन्यो–‘कुनै कारणबस मोदीको भ्रमण भएन भने भारतीय राष्ट्रपतिको भ्रमण हुनसक्ने बुझेका छौ ।’
गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । गत जेठ १६ गते भएको मोदीको सपथग्रहणमा सहभागी हुनुभएका ओलीले समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दोहो¥याउनुभएको थियो । भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ)ले यो साता गरेको नेपाल भ्रमण अन्य राजनीतिक उद्देश्यका अतिरिक्त मोदी भ्रमणको वस्तुस्थिती बुझ्ने प्रयोजनका लागि पनि भएको बताइएको छ ।
भारतको छिमेक नीतिमा नेपाल पहिलो स्थानमा रहेको दोहो¥याउँदै आउनुभएका मोदी अघिल्लो कार्यकालमा नेपालमाथिको फरक नीतिका कारण नेपालमा मात्रै नभएर भारतमा पनि विवादमा तानिनुभएको थियो । मोदीको अघिल्लो कार्यकालमा नेपालमाथिको नाकाबन्दी र त्यसपश्चात् नेपालमा विकास भएको भारत र मोदीविरोधी भावना र अन्य ‘सुरक्षाथ्रेट’ बारे भारतीय दूतावासमार्फत ‘रिर्पोटिङ’ भइरहेको दूतावास स्रोतले जनाएको छ ।
तर मोदीको भ्रमणबारे त्यस्तो कुनै अग्रिम जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । मोदीको अघिल्लो कार्यकालको नेपाल भ्रमणबारेको कार्यतालिका भारतीय पक्षबाटै सार्वजनिक भएकाले यसपटक पनि त्यस्तै हुनसक्ने परराष्ट्रका अधिकारीहरुको बुझाइ छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम