पोखरा । कास्की प्रहरीले होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई नियन्त्रणमा लिएको छ । पोखरा २५ हेमजा स्थित हेमजा बोडिङ स्कूलमा अध्ययरत १४ वर्षिय एक बालकलाई होमवर्क नगरेको भनि कुटपीट गरेको आरोपमा शिक्षक श्रीराम त्रिपाठीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
शिक्षक त्रिपाठीले कक्षा कोठा भित्रै बिद्यार्थीलाई होमवर्क नगरेको भनि कुटपीट गरि घाइने बनाएको आरोप छ । शिक्षकलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्याल कास्कीका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोही विद्यालयका विद्यार्थीलाई सोमबार प्रहरी सगँ एक दिन कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा सहभागी भएका विद्यार्थी विद्यालय पुगे पछि प्रहरीलाई खबर गरेका थिए ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ