तनहुँ । पाँच वर्षकी बालिका बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ १ घर भई ब्यास ७, पल्लो नरंगामा बस्दै आएका १९ वर्षीय नविन थापा पक्राउ परेका छन् । स्थानीय बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानले जानकारी दिए । उनका अनुसार थापालाई म्याद थप गरी हिरासतमै राखिएको छ । बालिकाको अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार साँझ साथीसँग खेल्दै गरेकी बालिकालाई थापाले फकाई फुलाई गरी नजिकै मकै बारीमा लगी बलात्कार गरेको बुझिएको छ । बालिका घर फर्केर हजुरआमालाई भनेपछि घटना बाहिर आएको हो । त्यसपछि आफन्तले प्रहरीमा उजुरी दिएका हुन् ।
घटनाको जानकारी पाउनासाथ आफन्तले प्रहरीमा उजुरी दिएको बताइएको छ । विहिबार जिल्ला अदालत तनहुँमा उपस्थित गराइ म्याद थप गरेर अनुसन्धान भईरहेको डिएसपी लामिछानेले गण्डकन्यूजलाई बताए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते