शिशिर देवकोटा पोखरा, १५ मंसिर / पोखरामा छाडा चौपायाको व्यवस्थापनको कुरा नौलो होईन । व्यवस्थापनको प्रयास पनि नभएको होईन । तर अझै पोखरा जस्तो सुन्दर शहरमा छाडा चौपायाको लाईन सडकमै भेटिन्छन् ।
स्मार्ट सिटीको चुनावी नारा लागिरहँदा सडकमै गाईगोरु सवारीको ठक्करबाट मर्नुपर्ने स्थिति छ भने छाडा चौपायासँग ठोक्केर सवारी चालकहरुको ज्यान पनि जान सक्ने खतरा छ ।
केहि समय अघि (शुक्रबार राति ९ बजे) पोखराको बाटुलेचौरमा मोटरसाईकलको ठक्करबाट गाईको बाच्छीको भुँडी फुटेको छ । बाईक चालक भने सकुशल छन् ।
महेन्द्र गुफाबाट फुलबारी तर्फ जाँदै गरेको ग ४ प ८५८ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा सडकर्म गाईको सानी बाच्छीको यस्तो विजोक भएको हो । प्रहरीले बाईक चालक राजकुमार बिकलाई नियन्त्रणमा लिएको छ । कानुनानुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।
तीब्र गतिमा आएको बाईकले बाच्छीलाई मरणासन्न हुने गरी चण्डिकाटोल, हेल्थपोस्ट नजिकै ठक्कर दिएको हो । संयोगवश बाईक चालक भने सुरक्षित रहेको र मानवीय क्षति भएको छैन । पोखरा महानगरपालिकाले समयमै यसतर्फ सोच्न जरुरी देखिएको छ ।
सम्बन्धित खबर
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम